
लक्ष्य
समुहमा रहेका दलित ,उत्पीडीत , जनजाती अवसरवाट वन्चित गरीव तथा विपन्न हरुको वर्गहरुको समावेशी करण गरी निर्णय गर्ने तह सम्म प्रतिनिधित्वको सुनिश्चिततता कायम गर्ने , गरवि तथा विपन्न वर्गका उपभोक्ताहरुको सामुदायीक वनको उत्पादीत वन पैदावार अन्य आय आर्जनमा न्यायोचित अधिकारको व्यावस्थ ागर्ने ,समुहका बृध वृधा तथा असायहरु र असहायहरु र वन विकासमा सकारात्मक प्रभाव पार्नकोलागी अन्य रचनात्मक कार्य र सामाुजिक सुरक्षाको प्रत्याभुति दिने , निर्णयक तहमा महिला सहभागीताु वढाई कार्य सम्पादन गर्ने , समुहमा आर्थिक पारदर्शीता निरन्तरता दिदै व्यावस्थीत तरीकाले कार्यालय व्यावस्थापन गर्ने, अति विपन्न तथा गरीव उपभोक्ता सदस्यहरुलाई समुहगत रुपमा उनिहरुकै चाहाना अनुरुप ५,५ जनाको समुह वनाई समहुको छुट्रयाइएको ३५ ५ वजेटवाट केही(विना व्याज) रकम न्युनतम रु १०,०००। विभिन्न पेशामा लगानी गरी प्रत्येक महिनाको १० गते किस्ता वन्दी रुपमा संकलन गरी पुन अर्को समुहलाई लगानी गरीदै आएकोमा यस रकमको स्तर वढाई समुह जमानीमा १,०००००। एक लाख सम्म लगानी गर्ने उदेश्य रहेको छ भने वन संरक्षण, संवधनका लागी वैज्ञानिक वन ब्यावस्थापन गर्दै वनलाई हराभरा गराई पर्यावरण संरक्षण गरी पर्यटकीय क्षेत्र विस्तार गर्नको आवश्याकिय पुर्वाधार तयार गर्ने , सामुदायीक वन उपभोक्ता समुहमा आवद्य उपभोक्ता सदस्यहरुलाई विकास निर्माण तथा वन संरक्षण , जल वायू परिवर्तन सम्वँिन्ध जन चेतना मुलक कार्यक्रममा सवै उपभोक्ता सहभागी गराई नियमित प्रशिक्षण दिई महिला सशक्तीकरण तालीम संचालन गर्ने , अवलोकन भ्रमण गरी ,वन विकाश सम्वन्धि सामुदायीक वनको वारेमा आन्तरीक मुल्यांकन प्रकृया संचालन गर्ने, कुराहरुलाई प्राथमीकिकरण गर्दै धुसेरी सामुदायीक वन उपभोक्त्ता समुहलाई नमूना सामूदायीक वनको रुपमा परिणत गर्ने उदेश्य रहेको छ ।
