
ऐतिहासिक पृष्टभुमी
२०५० साल भन्दा अघि देशको राजनैतिक उतार चढावका कारण वन क्षेत्रहरुमा चोरी तस्करी आदीले गर्दा वनहरु उजाड वन्दै गैरहेको अवस्थामा , यस रजहरमा रहेका प्राकृतिक रुपमा रहेका वनलाई सामुदायीक वनमा परिणत गरि संरक्षण र संम्वर्धन गर्ने उदेश्यले तत्कालीन समाजका अगुवा वुद्धीजिवि , समाजसेवी र सर्वसाधारण ब्याक्तिहरुको सहयोग र सल्लाह वाट श्री वम वहादुर अधिकारीको नेत्रृत्वमा प्रथम पटक जिल्ला वन कार्यलयवाट पहिलो पटक ६७.५ हेक्टर वनको भूभाग मिति २०५२÷१÷१९ मा विधिवत रुपमा समूदायीक वनको रुपमा जिल्ला वन कार्यलयवाट मान्यता प्राप्त यही सानो क्षेत्रलाई खाली ठाउमा वृक्षरोपण,एवं वन संरक्षण गर्न प्रत्येक उपभोक्ता सदस्य लाई आ–आफ्नो प्लट निर्माण गरी सामूदायीक वन समुहको निति नियम भित्र रहि पालना गर्ने सर्तमा डाले घास , अम्रिसो एवं अन्य जातका घासे विरुवा लगाउने कार्य गरी चरी चरन वन्द गरीएको थियो । यसरीवन संरक्षण गर्ने क्रममा उत्तर तर्फ रहेको राष्ट्र्यि संरक्षित वन पूर्व चौतारी सामुदायीक वन ,पश्चिम अमर सामुदायीक वन र दक्षिण धुसेरी सामुदायीक वन भएको भुभाग भएको हुनाले वढ्दो जन घनत्वका कारणले पुरानो सामुदायीक वनको भुभागवाट प्राप्त हुने वन पैदावारवाट उपभोक्ता सदस्य मागलाई परिपुर्ति हुन नसकेको अवस्थालाई मध्ये नजर गरी यसै सामुदायीक वन समुहको उत्तर तर्फ भएको संरक्षित भुभाग लाई २०५७ मा पहिलो पटक संसोधन सहित थप क्षेत्र विस्तार गरी २०५.१५ हेक्टर वनको भुभाग धुसेरी सामुदायीक वन समुहको वन कार्य भएको छ। उक्त क्षेत्रले पनि वढ्दो शहरी करण एवं सामुदायीक वन प्रति जन मानसको लगाव र आवश्याकताको महसुश गरी २०७१ सालमा पुन वन प्राविधिक हरुको सल्लाह सहयोगमा तेश्रो पटक इनभेन्ट्री सर्भे गर्दा ४०३.८५ हेक्टर भुःभाग यस सामुदायीक वन समुहको संरक्षणको जिम्मा लिएको हो ,भने उक्त वन रेखदेखको निम्ती २ जना वन हेरालु राखी वन संरक्षण गर्ने कार्य भएको छ र विच विचमा समिति , उपसमिति र कर्मचारीवाट पनि वनको अवलोकन गरी वन संरक्षणलाई टेवा पुर्याउने कार्य भएको छ । वन संरक्षणकालागी १३ समुह प्रमुख १३ उप प्रमुख टोल टोलमा समुह गठन गरी वनसंरक्षण र सदुपयोग गर्ने कार्य गर्दै आइरहेको छ , साथै सामुदायीक वन उपभोक्ता समुहको कार्य सम्पादन गर्दा हुने कमी कमजोरी सुधार गर्दै पारदर्सी तरीकाले कार्य सम्पन्न गरेका छौ भने यस समुहको १० वर्षे वैज्ञनिक कार्ययोजना स्वीकृत भै आ.व. ०७५।०७६ मा वैज्ञानिक वन व्यावस्थापन कार्य संन्चालन भएको कारण समूह भित्रका उपभोक्ता सदस्यहरुलाइ वन पैदावारको सहज आपुर्ति भएको छ ।
